पात्रो

रेडियो

समाचार खोजी

सहकारीको १२ महिनासम्म भाका नाघेमा खराब कर्जा हुने

साझा अर्थ संवाददाता २२ चैत २०८१, शुक्रवार

 बिहीबार केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, ०८१’ जारी गरेको छ । मापदण्डले सहकारीबाट प्रवाह भएको ऋणलाई भुक्तानी अवधिका आधार सक्रिय र निष्क्रिय ऋणमा वर्गीकरण गरेको छ । भाका ननाघेको वा भाका नाघे पनि तीन महिना नबितेको ऋणलाई असल ऋणमा वर्गीकरण गरिएको छ । सदस्यहरूको बचतको सुरक्षणमा प्रवाह गरेको ऋणलाई पनि सक्रिय कर्जामा वर्गीकृत गरिएको छ । तीनदेखि पाँच महिनासम्म भाका नाघेको ऋणलाई कमसल, पाँचदेखि १२ महिनासम्म भाका नाघेमा शंकास्पद र १२ महिनाभन्दा बढीले भाका नाघेमा खराब ऋण मान्ने उल्लेख छ । 

असल ऋणका लागि सहकारीले १ प्रतिशत न्यूनतम ऋण नोक्सानी व्यवस्था गर्नुपर्ने उल्लेख छ । कमसललाई २५ प्रतिशत, शंकास्पदलाई ५० प्रतिशत र खराब ऋणलाई एक सय प्रतिशत नोक्सानीको व्यवस्था गरिएको छ ।  बचत र ऋणको ब्याजदरबिचको अन्तर ६ प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख छ । ब्याजदर गणना गर्दा बचत र ऋणको भारित औसत ब्याजदरलाई आधार मान्नुपर्नेछ । सहकारी संस्थाले बचतको र ऋणको ब्याजदर मासिक रूपमा पुनरावलोकन गर्न सक्ने मापदण्डमा उल्लेख छ ।

172 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता