पात्रो

रेडियो

समाचार खोजी

तोलामै ३९ सय रुपैयाँ घट्यो सुनको भाउ

साझा अर्थ संवाददाता २२ चैत २०८१, शुक्रवार

बिहीबार किर्तीमानी उचाईमा पुगेको सुनको मूल्य आज शुक्रबार तोलामै तीन हजार नौ सय रुपैयाँ  घटेको छ । बिहीबार प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा  १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको छ  ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ५१ हजार २ सय ३५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँमा झरेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ६ सय ३ रुपैयाँ तोकिएको छ ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता