नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको अन्तिम दिन आज पत्रकार सम्मेलन गरेर राष्ट्र बैंकबाट बिदा हँुदैछन् । पत्रकार भेटघाटमा कार्यकालको अवधिमा सम्पादित प्रमुख कार्य तथा उपलब्धिहरुबारे जानकारी दिईने राष्ट्र बैंकले जनाएको छ । गभर्नर अधिकारीको कार्यकाल चैत्र २४ गतेसम्म भए पनि चैत्र २३ गते शनिवारको विदा र चैत्र २४ गते राम नवमीको सार्वजनिक विदा परेकोले आज चैत्र २२ गते नै उनको कार्यकालको अन्तिम दिन बनेको छ ।
गभर्नर अधिकारीको अनुपस्थितिमा राष्ट्र बैंकको नियमित प्रशासनिक कामकाज बरिष्ट डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले हेर्ने छिन्।
साझा अर्थ संवाददाता