पात्रो

रेडियो

समाचार खोजी

अन्तिम दिन ७ अर्ब ८४ करोडको कारोबार

साझा अर्थ संवाददाता २१ चैत २०८१, बिहिवार

 

साताको अन्तिम कारोबार दिन आज सेयर बजार सकारात्मक रहँदै ३.३५ अंकले नेप्से परिसूचक बढेर २७०३.३९ विन्दुमा कायम छ ।
 आज कुल कारोबार रकम पनि बढेर ७ अर्ब ८४ करोडको पुगेको छ । कुल ९३ कम्पनीको मूल्य बढ्दा १५१ को घटेको छ ।
  सबैभन्दा धेरै बैंकिङ क्षेत्रमा०.९६ प्रतिशत बढेपछि समग्र बजारको वृद्धिदर सकारात्मक भएको हो । बैंकिङका अलवा अन्य सेक्टर १.४५, हाइड्रोपावर ०.०३ र निर्जीवन बीमा ०.५९ प्रतिशत बढ्दा व्यापार सेक्टर सबैभन्दा धरै १.६६ प्रतिशतले घट्यो । विकास बैंक ०.१७, फाइनान्स १.५९, होटल तथा पर्यटन ०.१२, लगानी ०.०३, जीवन बीमा ०.६६, उत्पादन ०.९८, माइक्रोफाइनान्स ०.३७ प्रतिशत गिरावट आएको छ ।

ग्रीन भेन्चर्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्दा आज उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.८ प्रतिशत घटेको छ । यस्तै, विन नेपाल लघुवित्तको ६.१, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ६.१ र बोटलर्स नेपाल बालाजुको मूल्य ५.८ प्रतिशत घट्यो ।

270 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता