पात्रो

रेडियो

समाचार खोजी

२७ सय विन्दुमा फर्कियो नेप्से

साझा अर्थ संवाददाता २० चैत २०८१, बुधवार

काठमाडौं । बुधबार नेप्से सूचक पुन २७ सय विन्दुमा फर्किएको छ । आज  नेप्से सूचक २३.८६अंकले बढेर २ हजार ७००.०४ विन्दुमा रोकिएको हो । यो दिन १६६ वटा कम्पनीको मूल्य बढ्दा ७८ वटा कम्पनीको मूल्य घटेको छ ।
बुधबार फाइनान्स समूह ३ प्रतिशतभन्दा बढीले बढ्दा ट्रेडिङ समूह ९ प्रतिशतले बढेको छ । यो दिन ५ अर्ब ४४ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा सीइडीबी होल्डिङ,हिमालयन रिइन्स्योरेन्स,न्यादी ग्रुप पावर, एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट, हिमालयन पावर पार्टनरको २२ करोड ४९ लाख रुपैयाँदेखि ३६ करोड ५५ ला रुपैयाँसम्मको कारोबार भएको छ ।
बढेको बजारमा विशाल बजार कम्पनी,सेन्ट्रल फाइनान्स, हाथवे इन्भेष्टमेन्ट नेपाल,न्यादी ग्रुप पावरको शेयर मूल्य ६.६० प्रतिशतदेखि १० प्रतिशतले बढेर सर्किट समेत लागेको छ ।
बढेको बजारमा बोल्टर नेपाल, बलेफी हाइड्रो,एनआइसी एशिया ब्यालेन्स फण्डको शेयर मूल्य २.९१ प्रतिशतदेखि १० प्रतिशतसम्मले घटेको छ ।

260 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता