पात्रो

रेडियो

समाचार खोजी

यति ब्रुअरीको साधारणसभामा २० प्रतिशत शेयर निष्काशन प्रस्ताव

साझा अर्थ संवाददाता २० चैत २०८१, बुधवार

यति ब्रुअरी लिमिटेडले विशेष साधारणसभा चैत्र २८ गते आह्वान गरिएको छ । कम्पनीको विशेष साधारणसभामा जारी पुँजी वृद्धि गर्ने, कम्पनीको शेयरको अंकित मूल्य ५० रुपैयाँबाट बढाएर १०० रुपैयाँ कायम गर्ने, सर्वसाधारणलाई २० प्रतिशत शेयर निष्काशन गर्ने लगायतका विशेष प्रस्ताव पेश हुने छन् । कम्पनीले बुक विल्डिङ विधि मार्फत आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक नियुक्ति गरिसकेको छ ।

यति ब्रुअरी लिमिटेडले हाल अर्ना , यति , वाईबी , शिखर  लगायत किंगफिसर जस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

 

277 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता