पात्रो

रेडियो

समाचार खोजी

वोनस र हकप्रद बापतको ४ करोड २१ लाख कित्ता शेयर सुचिकृत

साझा अर्थ संवाददाता १९ चैत २०८१, मङ्गलवार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा वोनस र हकप्रद बापतको ४ करोड २१ लाख ८६ हजार ४ सय ४९ कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेमा एसबिआई बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ३.८० प्रतिशत बोनस बापतको ३९ लाख ९० हजार ५७.८६७२ कित्ता शेयर सूचीकृत भएको छ । त्यसैगरी फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको १३.३० प्रतिशत बोनस बापतको १४ लाख ३ हजार ८ सय ९९.७६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । ङादी ग्रुप पावरले शेयरधनीहरुलाई प्रदान गरेको १०० प्रतिशत हकप्रद बापतको १ करोड ८५ लाख १२ हजार ७ सय ९२.२२५ कित्ता र  बलेफी हाइड्रोले शेयरधनीहरुलाई प्रदान गरेको १०० प्रतिशत हकप्रद बापतको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता शेयर पनि आजै सूचीकृत भएको नेप्सेले जनाएको छ । 

277 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता