काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँले नियुक्ति पत्र बुझेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो । आज राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।
उनले आजै नेपाल स्टक एक्सचेन्ज ( नेप्से)मा पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ ।
साझा अर्थ संवाददाता