काठमाडौं । मंगलबार सेयर बजारको कारोबार मापन गर्ने नेप्से परिसूचकमा १६.९५ अंकको गिरावट आएर २६७६.१७ बिन्दुमा रोकिएको छ ।
मंगलबार नेप्सेमा कुल ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएकामध्ये ४२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ ।
गार्डियन माइक्रो लाइफका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य बढेर आज प्रतिकित्ता रु. २५७९.८० पुगेको छ ।
त्यस्तै गुराँस लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.९६ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६४ करोड २५ लाख ६६ हजार ६ सय २२.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
मंगलबार बैंकिङ समूहको सेयर मूल्यमा ०.७४ प्रतिशत, विकास बैंक समूहमा ०.९५ प्रतिशत, फाइनान्स समूहमा १.८४ प्रतिशत, होटल तथा पर्यटन समूहमा १.७४ प्रतिशत र जलविद्यूत् समूहमा ०.९९ प्रतिशतको गिरावट आएको छ ।
यस्तै, लगानी समूहको सेयर मूल्य ०.४४ प्रतिशत, जीवन बिमा समूहको ०.६३ प्रतिशत, उत्पादन समूहको ०.५२ प्रतिशत, लघुवित्त समूहको १.१० प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य ०.३८ प्रतिशतले घटेको छ ।
साझा अर्थ संवाददाता