पात्रो

रेडियो

समाचार खोजी

‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना

साझा अर्थ संवाददाता १८ चैत २०८१, सोमवार

काठमाडौँ । वित्तीय बैङ्किङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने उद्देश्यले ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कले उक्त हब स्थापना गरेको हो । राष्ट्र बैङ्कले बैङ्किङ क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवम् चुनौतीको विश्लेषण गर्न उक्त हब स्थापना गरेको राष्ट्र बैङ्कले जनाएको छ ।
यस्तै नियामकीय दृष्टिकोण, नन् विन्डिङ्ग गाइडलाइन्स परामर्श एवम् सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सो हबको स्थापना गरेको बताइएको छ ।
राष्ट्र बैङ्कले अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्थासहित ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना गरेको जनाएको छ ।

211 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता