साताको अन्तिम कारोबार दिन नेप्से सूचक ४१.४३ अंकले बढेर २ हजार ६६३.३० विन्दुमा पुगेको छ । बिहिबार पनि नेप्से ३९ अंकले बढेको थियो । पछिल्लो दुई दिनमा मात्रै नेप्से ८० अंकले उक्लिएको छ । नेप्से सूचक बढेसँगै बिहिबार ५ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ । यो दिन सर्वाधिक कारोबार हिमालयन रिन्स्योरेन्स कम्पनीको ५१ करोड १८ लाख रुपैयाँको भएको छ। उच्च अंकको वृद्धिसँगै बिहीबार सेयर बजारले सकारात्मक लयको संकेत देखाएर बन्द भएको छ। बिहिबार कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन् । बिहीबार कारोबारमा आएकामध्ये २२७ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको भने घटेको छ। आज गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सिर्जनशील लघुवित्त, सर्पोट माइक्रो फाइनान्सको शेयर मूल्य उच्च अंकले बढेका छन् । बढेको बजारमा कुमारी सबल योजना र आइसीएफसी फाइनान्स ऋणपत्र १ प्रतिशतभन्दा बढीले घटेका छन्।
साझा अर्थ संवाददाता