पात्रो

रेडियो

समाचार खोजी

स्वास्थ्य शिविरमा सानिमा बैङ्कको आर्थिक सहयोग

साझा अर्थ संवाददाता १४ चैत २०८१, बिहिवार

काठमाडौं । सानिमा बैङ्कले गोरखास्थित नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरमा सानिमा बैङ्कले आर्र्थिक सहयोग गरेको छ ।
बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, लगायत अन्य विभिन्न क्षेत्रहरुमा हरेक वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
यसै क्रममा शक्तिचोक, गोरखास्थित नेपाली सेना रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाद्वारा संयुक्त रुपमा आयोजित दुई दिने बृहत स्वास्थ्य शिविरमा बैङ्कले आर्र्थिक सहयोग गरेको हो ।
गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ६, घैरुङ स्वास्थ्य चौकीमा सञ्चालित उक्त कार्यक्रममा ५२५ जना स्थानीय बासिन्दाहरुले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरी लाभान्वित भएको बैङ्कले जनाएको छ ।
शिविरमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर, हाडजोर्नी, स्त्रीरोग, चर्मरोग, मधुमेह, जनरल ओपिडीका साथै विविध रोगको परीक्षण गरी आवश्यकता अनुसार निःशुल्क औषधी पनि वितरण गरिएको थियो ।
भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने तथा विभिन्न किसिमका सामाजिक उत्थानका कार्यक्रमहरु गर्ने योजना बनाएको बैङ्कले जनाएको छ ।

123 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता