साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.०५ अंकले घटेर २५८२.७३ विन्दुमा रोकिएको छ । सोमबार २६.१० अंकले बढेर केही खुसी भएका लगानीकतर्का मंगलबारको सुचकले झन् निराश भएका छन् । मंगलबार कारोबारमा आएकामध्ये २४० कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मात्रै बढेको छ।
आज नेप्सेमा कुल ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार बैंकिङ समूहको सेयर मूल्य १.४० प्रतिशत, विकास बैंकको ३।२६ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशत, होटल तथा पर्यटन समूहको २.८३ प्रतिशत र जलविद्युत् समूहको सेयर मूल्य ३.०८ प्रतिशतले घटेको छ।
यस्तै, लगानी समूहको सेयर मूल्य १.९८ प्रतिशत, जीवन बिमा समूहको २.२४ प्रतिशत, उत्पादन समूहको १.४९ प्रतिशत, लघुवित्त समूहको २.३० प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य २.३८ प्रतिशतले घटेको छ।
साझा अर्थ संवाददाता