पात्रो

रेडियो

समाचार खोजी

रूसद्वारा जर्मनीलाई नोर्ड स्ट्रिम पाइपलाइन विस्फोटको अनुसन्धान गर्न आग्रह

सन् २०२२ सेप्टेम्बरमा, नोर्ड स्ट्रिम–१ र नोर्ड स्ट्रिम–२ प्राकृतिक ग्यास पाइपलाइनहरू विस्फोट हुदाँ स्विडेन र डेनमार्कमा समेत गम्भीर क्षति भएको

साझा अर्थ संवाददाता ३ भदौ २०८१, सोमवार

रासस/सिन्ह्वा) :रूसले नोर्ड स्ट्रिम पाइपलाइन विस्पोटको अनुसन्धान गर्न जर्मनीसँग अनुरोध गरेको रूसी विदेश मन्त्रालयका अधिकारीले सोमबार बताएका छन् ।

आतङ्कवादविरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय दायित्वहरू पूरा गर्न जर्मनीले वार्ताका लागि दबाब दिइरहेको रूसी विदेश मन्त्रालयका तेस्रो युरोपेली विभागका निर्देशक ओलेग टायपकिनले बताउनुभएको छ ।  

जर्मन अनुसन्धानको प्रगतिमा असन्तुष्टि व्यक्त गर्दै टायपकिनले जर्मन अधिकारीहरूले एक युक्रेनी नागरिकको गिरफ्तारीका लागि पक्राउ पूर्जी आदेश जारी गरेको बताउनु भएको छ ।  

उहाँले जर्मन मिडियाले आक्रमणमा व्यक्तिगतरूपमा काम गरेको देखिएको र तोडफोडको योजनाकार पहिचान नगरी अनुसन्धान बन्द हुनसक्ने चेतावनी दिएका छन् ।  

रूसले यो अवस्थालाई स्वीकार नगर्ने दाबी गर्दै तापकिनले भन्नुभयो, “मस्कोले जर्मनी र अन्य प्रभावित देशहरूसँग औपचारिक रूपमा उजुरी दर्ता गरी उनीहरूलाई राष्ट्रसङ्घको आतङ्कवाद विरोधी महासन्धि अन्तर्गत आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ ।”

विद्यमान अन्तर्राष्ट्रिय कानुनअनुसार वार्ता खोजिरहेको बताउदै भविष्यका कार्यहरू पश्चिमको प्रतिक्रियामा निर्भर हुने तापकिनले बताउनुभयो ।  

जर्मनीका सञ्चारमाध्यमले जानकारी अनुसार जर्मन अभियोजनले पाइपलाइन विस्फोटको सम्बन्धमा युक्रेनी नागरिकका लागि गिरफ्तारी वारेन्ट जारी गरेको हो ।  रिपोर्टले संदिग्धलाई किएभका गोताखोर भ्लादिमिर झुराभ्लेभका रूपमा पहिचान गरेको छ । उनलाई युक्रेनी एक दम्पतीले सहयोग गरेका थिए ।

सन् २०२२ सेप्टेम्बरमा, नोर्ड स्ट्रिम–१ र नोर्ड स्ट्रिम–२ प्राकृतिक ग्यास पाइपलाइनहरू विस्फोट हुदाँ स्विडेन र डेनमार्कमा समेत गम्भीर क्षति भएको थियो ।  

रूस–युक्रेन द्वन्द्वलाई लिएर रूसमाथि पश्चिमा मुलुकहरूले लगाएको प्रतिवन्धका कारण नोर्ड स्ट्रिम २ सञ्चालनमा आउन सकेको छैन । प्रतिबन्धका कारण जर्मनीले रूसी प्राकृतिक ग्यासको आयात रोकेको छ र यसका कारण जर्मनीमा घरेलु ऊर्जाको मूल्यमा तीव्र वृद्धि भएको थियो । 

उक्त घटनालाई अन्तर्राष्ट्रिय आतङ्वादी घटनाकारूपमा अनुसन्धान सुरु गरेको छ । रूसी प्रशासनिक केन्द्र क्रेमलिनका अनुसार रूसी महान्यायाधिवक्ताको कार्यालयले रूसले विस्फोटबारे पटकपटक जानकारी माग गरेको तर कुनै जवाफ पाउन नसकेको बताएको छ ।  

279 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ