पात्रो

रेडियो

समाचार खोजी

नेपाल बैङ्कको ६५ औं वार्षिक साधारणसभा सम्पन्न

साझा अर्थ संवाददाता ८ चैत २०८१, शुक्रवार

काठमाडौँ । नेपाल बैङ्क लिमिटेडको ६५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । राजधानीमा बसेको साधारणसभा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वित्तीय विवरण पारित गर्दै सम्पन्न भएको हो ।
साधारणसभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न तीन जना चाटर्ड एकाउन्टेन्टहरू प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव समेत सर्वसम्मत रूपमा पारित गरेको छ ।
बैङ्कको नियमाबलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका समेत रहेकोमा सम्मानित उच्च अदालत, पाटनको २०८१ चैत ५ गतेको अल्पकालिन अन्तरिम आदेशबाट रोकिएको बैङ्कले जनाएको छ ।

90 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता