पात्रो

रेडियो

समाचार खोजी

१४.८८ अंकले घटेर २६८२.१५ को बिन्दुमा नेप्से

साझा अर्थ संवाददाता ६ चैत २०८१, बुधवार

आज बुधबार  नेप्से सूचक १४.८८ अंकले घटेर २६८२.१५ को बिन्दुमा पुगेको छ। आज कारोबारमा आएका ३११ कम्पनीका ९५ लाख ८३ हजार ८ सय २९ कित्ता शेयर खरिद बिक्रीबाट ५ अर्ब १४ करोड ३९ लाख ९७ हजारको खरिदबिक्री भएको छ। कारोबारमा आएका मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक २९ करोड ६७ लाख तथा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको २३ करोड ४६ लाखको कारोबार भएको छ। 

आज कारोबारमा आएका मध्ये मिथिला लघुवित्तका लगानीकर्ताले सर्वाधिक ३.९३ प्रतिशत, गरिमा समृद्धि योजनाको इकाई मूल्य ७.६९ प्रतिशत बढेको छ। त्यस्तै भूगोल इनर्जीको शेयर मूल्य ७।३५ प्रतिशत तथा  ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ७ प्रतिशत नाफा कमाएका छन् ।
तर,सामुदायिक लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.२० प्रतिशत घटेको छ।
 

223 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु