काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल आन्तरिक कर्जा १.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा ३.२ प्रतिशतले बढेको थियो ।
नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २०.३ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ७.२ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८१ माघ मसान्तमा यस्तो दाबी १०.१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ५.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ७.० प्रतिशतले बढेको छ ।
साझा अर्थ संवाददाता