काठमाण्डौ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ चैत ५ गते बाँडफाँड हुने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार आइपीओ चैत ५ गते कम्पनीकै कार्यालयमा बिहान ८ः३० मा बाँडफाँड हुनेछ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३.२७ गुणा बढी कुल २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२ हजार १७० कित्ता सेयरका लागि आवेदन परेको छ । मागभन्दा बढी आवेदन परेका कारण उक्त आईपीओको बाँडफाँड गोलाप्रथा विधिबाट हुनेछ ।
साझा अर्थ संवाददाता