काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेप्से परिसुचक १०.१४ अंकले घट्दै २७ सय ४ को विन्दुमा बन्द भएको छ ।
सोमबार कुल ३ सय ३१ कम्पनीका ९९ लाख ३५ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ । आज कारोबारमा आएकामध्ये ४ समुहको उपसुचक उकालो लाग्दा ८ समुहको उपसुचकमा गिरावट आएको छ ।
यस्तै आज म्युचुअल फण्ड समुहको उपसुचक भने स्थिर रहेको नेप्सेले जानकारी दिएको छ । आज कारोबारमा आएकामध्ये १ सय ४५ कम्पनीको सेयरमुल्य ओरालो लाग्दा ८५ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ ।
राप्ती हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.८६ प्रतिशतले नाफा कमाउँदा महालक्ष्मी विकास बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.६३ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि दुई पुनर्बीमा कम्पनीनै उच्च कारोबार भएको छ । हिमालयन रि को ४३ करोड ९३ लाख र नेपाल रि को ३० करोड ७४ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
यसअघि हिजो आइतबार २१.६३ अंकले बजार घट्दा ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४ सय ७.५९ बराबरको कारोबार भएको थियो ।
साझा अर्थ संवाददाता