मेडिकेयर हस्पिटल लिमिटेडको चैत २३ गते साधारणसभा हुने भएको छ । साधारणसभामा कम्पनीले आईपीओ निष्काशनसंग समबन्धित प्रस्तावहरु पारित गरिने तयारी छ ।
विशेष सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, अंकित मूल्य परिवर्तन गरी आईपीओ जारी गर्ने, आईपीओबाट संकलित पुंजीको उपयोगबारे निर्णय गर्ने, प्रबन्धपत्र र नियमावलीमा थप संशोधन आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव पेश हुने छन् ।
कम्पनीले चाबहिलमा रहेको हस्पिटलबाट विभिन्न स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
साझा अर्थ संवाददाता