पात्रो

रेडियो

समाचार खोजी

१९ हजार ५ सय ७७ जनाले पाए स्वरोजगार लघुवित्तको एफपीओ

साझा अर्थ संवाददाता १ चैत २०८१, शुक्रवार

स्वरोजगार लघुवित्तको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शुक्रबार एफपीओ बाँडफाँड गरेको हो । एफपीओमा कुल १७ लाख ८० हजार ४ सय ५७ जनाको आवेदन परेकोमा १७ लाख ७७ हजार ७ सय ९३ जनाको आवेदन मात्र शेयर पाउन योग्य भएको थिए। त्यसमध्ये गोलाप्रथाबाट  १९ हजार ५ सय ७७ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये ३ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । एफपीओको नतिजा केहि समयपछि हेर्न सकिने छ।

क्यापिटलले फागुन १८ गतेदेखि फागुन २१ गतेसम्म एफपीओ निष्काशन गरेको थियो। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार ७ सय ७३ कित्ता एफपीओ निष्काशन गरेको थियो।

कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको हो।   

145 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता