पात्रो

रेडियो

समाचार खोजी

सात दिन पछि बढ्यो नेप्से

साझा अर्थ संवाददाता २८ फागुन २०८१, बुधवार

काठमाडौं। लगातारको सात दिन घटेको शेयर बजारमा बुधबार बल्ल सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.२८ अंकले बढेर २७३६.४८ बिन्दुमा रोकिएको हो। 

  फागुन १९ गतेदेखि लगातार ओरालो लागेको बजार सात कारोबार दिनमा १७१ अंकले घटेपछि बुधबार सकारात्मक बनेको हो। 
 आज बजार बढेपनि कारोबार रकम भने घटेको छ। बुधबार नेप्सेमा कुल ८ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। 
 
बुधबार कारोबारमा आएकामध्ये १४४ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

आज विकास बैंक समूहको सेयर मूल्य ०.३३ प्रतिशतले घट्दा बैंकिङ समूहको सेयर मूल्य ०.५३ प्रतिशत, फाइनान्स समूहको ०.०२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६४ प्रतिशत र जलविद्युत् समूहको सेयर मूल्य ०।८५ प्रतिशतले बढेको छ। 

यस्तै, लगानी समूहको सेयर मूल्य १।७६ प्रतिशत, जीवन बिमा समूहको ०।६४ प्रतिशत, उत्पादन समूहको ०।१८ प्रतिशत र निर्जीवन बिमा समूहको सेयर मूल्य ०।४० प्रतिशतले बढेको छ। लघुवित्त समूहमा ०.२७ प्रतिशतको गिरावट आएको छ। 

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता