पात्रो

रेडियो

समाचार खोजी

लगातार सात दिनमा १६८.०६ अंकले घट्यो नेप्से

साझा अर्थ संवाददाता २७ फागुन २०८१, मङ्गलवार

काठमाडौं ।    अघिल्लो आइतबार फागुन १८ गते ७४.२४ अंक उचालिएको बजार त्यसपछिका साता दिन लगातार घटिरहेको छ । आज पनि बजार ३२.२१ अंकले घटेर नेप्से परिसूचक २७१९.२० अंकमा झरेको छ ।
  यो ७ दिनमा बजार १६८.०६ अंकले घटेको हो ।  समग्रमा बजार उच्च अंकले घटे पनि आज विकास बैंक समूह १।९३ प्रतिशतले बढेको छ भने बाँकी अरु समूह राताम्मे भएका छन् । 

आज ३०३ कम्पनीका १ करोड ५५ लाख ५९ हजार ६ सय ८३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।

महालक्ष्मी विकास बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९८ प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.६९ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि दुई पुनर्बीमा कम्पनीकै उच्च कारोबार भएको छ । हिमालयन रि को ५८ करोड ६५ लाख र नेपाल रि को ५३ लाख ३६ हजार रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन आइतबार ४३.३३ अंकले बजार घट्दा १० अर्ब ९ करोड ३६ लाख रुपियाँ र हिजो सोमबार २०.६८ अंकले बजार घट्दा ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार ५७.५७ रुपियाँको शेयर किनबेच भएको थियो ।

182 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ