पात्रो

रेडियो

समाचार खोजी

सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २७ फागुन २०८१, मङ्गलवार

आज फागुन २७ गते  सिटिजन लाइफ इन्स्योरेन्स र नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी दुवै कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् । 

सिटिजन लाइफ इन्स्योरेन्सले चैत्र १५ गते साधारणसभा बोलाएको छ। सभामा  कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २६.९८४१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १।४२०२ प्रतिशत नगद लाभांश गरि कुल २८.४०४३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।   

त्यस्तै नेष्डो समृद्ध  लघुवित्तले  चैत्र १० गते आइतबार बोलाएको साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु