दोर्दी खोला जलविद्युत कम्पनीले चैत्र १९ गतेदेखि १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ ।
हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको कारण फागुन १४ गतेसम्म कायम सेयरधनीले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । ङादी ग्रुपद्वारा जारी हुन लागेको हकप्रदमा लगानीकर्ताले २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सानिमा क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।
दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ रहेको छ । हकप्रद पछि कम्पनीको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।
साझा अर्थ संवाददाता