एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गते निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज फागुन २३ गते अन्तिम दिन रहेको छ।
बैंकले १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये १८ लाख कित्ता ऋणपत्र निजि तबरबाट, १२ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गरिने छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्र मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।
आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
१० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७.५० प्रतिशत ब्याज प्रदान गर्ने छ।
साझा अर्थ संवाददाता