पात्रो

रेडियो

समाचार खोजी

‘किसान सरल कर्जा’ कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय वाणिज्य बैङ्क र सिंजा गाउँपालिकाले सहकार्य गर्ने

बढिमा १० लाख रुपियाँसम्म प्रदान गरिने किसान सरल कर्जा

साझा अर्थ संवाददाता २० फागुन २०८१, मङ्गलवार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र सिंजा गाउँपालिका, जुम्लाले किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने भएका छन् ।
बैङ्क र सिंजा गाउँपालिकाले किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौता गरेका छन् । सम्झौतापत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले एक कार्यक्रमका बीच सोमबार हस्ताक्षर गर्नुभयो ।
सम्झौता पश्चात कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानूनी रुपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिस सहित कर्जाको लागि आवेदन दिन सक्ने बैङ्कले जनाएको छ ।
बैङ्कले कृषि कर्जा निर्देशिका, २०६९(संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपूँजी दुबै प्रकृतिको हुने बताइएको छ । यो कर्जा ग्रेस अवधि सहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने बैङ्कले जनाएको छ ।
बढिमा १० लाख रुपियाँसम्म प्रदान गरिने किसान सरल कर्जामा आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने छ भने गाउँपालिकाले आफ्नो कोषबाट ऋणीलाई एक प्रतिशत ब्याज अनुदान दिने छ । हाल बैंकको आधार दर ५.४४ प्रतिशत रहेको छ ।
यो कर्जा लगानी पश्चात कृषि उपजको व्यवसायिक उत्पादन भई स्वरोगारमा बृद्धि हुने, आयआर्जन बढ्ने, आयात प्रतिस्थापन हुने तथा गाउँपालिकाको नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा सिंजा गाउँपालिकाका २ न. वडाका वडा अध्यक्ष तिर्थ वड, बैङ्कका कृषि तथा सामाजिक बैङ्किङ विभागका विभागीय प्रमुख अच्युत गौतम लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

261 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ