पात्रो

रेडियो

समाचार खोजी

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पियोर इनर्जी लिमिटेडको आइपीओ आज देखि

साझा अर्थ संवाददाता २० फागुन २०८१, मङ्गलवार

 

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पियोर इनर्जी लिमिटेडले आज देखि  आईपीओ बिक्री खुला गरेको छ।  

कम्पनीले बाँके जिल्लाका स्थानीयलाई १ लाख ६० हजार कित्ता र  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४४ हजार कित्ता शेयर निष्काशन गरेको हो । 

  निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १६ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । स्थानीयले छिटोमा चैत्र गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र २० गतेसम्म आवेदन दिन सक्ने छन् ।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई   न्युनतम १० कित्ता र अधिकतम ७२ सय कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा चैत्र ५ गतेसम्म आवेदन दिन सकिने छ ।

 पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ। दुवै आयोजनाले २०८० सालदेखि नै ब्यापारिक उत्पादन गरिरहेका छन् । २० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य उर्जा उत्पादन गर्ने कम्पनी हो ।

222 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता