पात्रो

रेडियो

समाचार खोजी

बलेफी हाइड्रोको अवितरित शेयरमा आवेदन दिने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १९ फागुन २०८१, सोमवार

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले फागुन ५ गतेदेखि बिक्री खुलाएको कुल १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित शेयरमा आवेदन दिने आज (फागुन १९) अन्तिम दिन रहेको छ । 

कम्पनीले लकइनमा रहेको संस्थापक समूहको ६ लाख ७६ हजार १९१ र सर्वसाधारण समूहको ५ लाख ८ हजार ८९२ कित्ता तथा लकइनमा नरहेको सर्वसाधारणको ६ लाख १३ हजार ५७३ कित्ता शेयरको बिक्री खुलाएको छ ।

यस लिलामी प्रक्रियाको लागि एनआईएमबि एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ।

180 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता