पात्रो

रेडियो

समाचार खोजी

आज पनि बढ्यो सुनको भाउ

साझा अर्थ संवाददाता १२ फागुन २०८१, सोमवार

नेपाली बजारमा सुनको भाउ लगातार बढीरहेको छ ।  आइतबार प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ८ सय रुपैयाँ कायम पुगेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४६ हजार ४ सय ३५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँ तय भएको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय २ रुपैयाँ तोकिएको छ ।

198 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ