पात्रो

रेडियो

समाचार खोजी

एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र फागुन १८ गतेदेखि

साझा अर्थ संवाददाता ११ फागुन २०८१, आइतवार

एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि १००० रुपैयाँ अंकित मूल्य कायम भएका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ ।

जस मध्ये १८ लाख कित्ता अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट र १२ लाख कित्ता अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्र मध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ ।

यस ऋणपत्रमा सर्वसाधारणले छिटोमा फागुन २१ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा चैत्र ३ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । ऋणपत्र निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

१० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७.५० प्रतिशत ब्याज प्रदान गर्ने छ।  नेपाल धितोपत्र बोर्डले माघ १५ गते कम्पनीलाई ऋणपत्र निष्काशनको अनुमति प्रदान गरेको हो ।

150 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ