काठमाडौं । भुक्तानी सेवा प्रदायक मोबाइल वालेट ‘नेपाल पेटाइम’को इजाजतपत्र खारेज भएको छ । २०७६ भदौ १९ गते राष्ट्र बैंकबाट इजाजतपत्र लिएको यो वालेटले लामो समयदेखि सेवा बन्द छ ।
, वालेटको एप प्ले स्टोरमा नभेटिएको संस्थागत सुशासनमा कमजोर रहेको भन्दै यसको इजाजतपत्र राष्ट्र बैंकले खारेज गरिदिएको हो ।
राष्ट्र बैंकले शुक्रबार एक सूचना सार्वजनिक गरेर ग्राहकसँगको लेनदेन ३० दिनभित्र मिलाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा १३ ९४० अनुसार नवीकरण नगरिएका व्यवहोरासहितको सूचना सार्वजनिक गरेको छ।
साझा अर्थ संवाददाता