काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ७ महिनामा नेपालको निर्यात व्यापार ४६.५० प्रतिशतले बढेको छ । गत आर्थिक बर्षको पहिलो ७ महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।
यस अवधिमा समग्र निर्यात व्यापारमा खानेतेल निर्यातको हिस्सा अत्याधिक छ । अर्थात पछिल्लो ७ महिनामा मात्रै नेपालले ४० अर्ब ५३ करोड रुपैयाँ बराबरको खानेतेल निर्यात गरेको छ । यो कुल निर्यात व्यापारको करिव ३५ प्रतिशत हो ।
यस्तै यस अवधिमा नेपालको आयात व्यापार भने १० प्रतिशतले बढेर ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको यहि अवधिमा नेपालको कुल आयात ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बढीको थियो । निर्यात व्यापारमा उछाल आएपनि उच्च आयातका कारण नेपालले चालु आवको पछिल्लो ७ महिनामै ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।
साझा अर्थ संवाददाता