सानिमा बैंक कोष प्रवर्द्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको सानिमा म्युचुअल फन्ड ‘सानिमा फ्लेक्सी फन्ड’ले सार्वजनिक निष्कासन गर्ने भएको छ । फन्डले पहिलो चरणमा योजनाको कुल आकार १० करोडको ४० प्रतशितले हुन आउने चार करोड इकाइ सार्वजनिक बिक्रीका लागि आजदेखि आवेदन खुला गर्न लागेको हो ।
उक्त निष्कासन इकाइमध्ये कोष प्रवर्द्धक सानिमा बैंकलाई १३ प्रतिशत अर्थात् एक करोड ३० लाख तथा योजना व्यवस्थापक सानिमा क्यापिटललाई दुई प्रतिशत अर्थात् २० लाख इकाइ छुट्याइएको छ । बाँकी रहने आठ करोड ५० लाख इकाइमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि दुई करोड ५० लाख इका बिक्री खुला गर्न लागिएको क्यापिटलले जनाएको छ । यसमा लगानीकर्ताले आजदेखि छिटोमा ११ र ढिलोमा २० फागुनसम्म आवेदन दिन सक्नेछन् ।
यस खुलामुखी योजनामा लगानीकर्ताले इकाइ खरिदका लागि घटीमा एक हजारदेखि अधिकतम चार करोड रुपैयाँसम्म आवेदन दिन सकिने बताइएको छ । आवेदन, योजना व्यवस्थाको कार्यालय नक्साल, सी–आस्बा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी दिन सकिनेछ ।
साझा अर्थ संवाददाता