पात्रो

रेडियो

समाचार खोजी

आइएमई पे र खल्तीबिच मर्जर समझदारी

साझा अर्थ संवाददाता ५ फागुन २०८१, सोमवार

 

भुक्तानी सेवाप्रदायक कम्पनी आइएमई पे र खल्ती एक–आपसमा मर्ज हुने भएका छन् । दुुई कम्पनीबिच आइतबार मर्जरसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

वालेट कम्पनी मर्ज हुन लागेको यो नै पहिलो हो । सम्झौता गरेर सहमतिका लागि नेपाल राष्ट्र बैंकमा पत्रसमेत पठाइसकिएको छ । राष्ट्र बैंकबाट सहमति प्राप्त भएपछि एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाउने बताइएको छ । दुवै कम्पनीले प्रयोग गरेको प्रविधिलाई एक–आपसमा अन्तरआबद्ध गरेर एकीकृत कारोबार सुरु गरिनेछ । 

‘आइएमई खल्ती’को नामबाट एकीकृत कारोबार सुरु गर्ने सहमति भएको छ । एकीकृत कम्पनीमा आइएमई पेकै बहुमत सेयर हुनेछ । अहिले आइएमई पेको ३० करोड र खल्तीको पाँच करोड रुपैयाँ चुक्ता पुँजी छ । 

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ