पात्रो

रेडियो

समाचार खोजी

राष्ट्र बैङ्कका सञ्चालक उपाध्यायद्वारा शपथ ग्रहण

अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ

साझा अर्थ संवाददाता १ फागुन २०८१, बिहिवार

काठमाडौं । अर्थ मन्त्रालयका नवनियुक्त सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिनुभएको छ । सर्वोच्च अदालतमा आयोजित एक कार्यक्रममा उहाँले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैङकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।
शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रारद्वय विमल पौडेल र भद्रकाली पोखरेल, सह–रजिष्ट्रारहरू, नेपाल राष्ट्र बैङ्कका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरूको उपस्थिति थियो ।

134 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ