पात्रो

रेडियो

समाचार खोजी

ग्लोबल आइएमई लघुवित्तको नाफा ४६.८२ प्रतिशतले बृद्धि

साझा अर्थ संवाददाता २७ साउन २०८१, आइतवार

ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्ष ०८०/८१ मा १४ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४६.८२ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष लघुवित्तले ९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको सञ्चालन नाफा ४६।९१ प्रतिशत र खुद ब्याज आम्दानी ३५.८७ ले बढ्दा यसको नाफा बृद्धि भएको हो । 

हाल यसको चुक्ता पुँजी ६१ करोड ८९ लाख, रिजर्भ कोषमा भने ५१ करोड ५१ लाख रुपैयाँ  छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ३० पैसाले बढेर २२ रुपैयाँ ८९ पैसा भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ २४ पैसा छ । ग्लोबल आइएमईको खराब कर्जा पनि ४.३० प्रतिशतबाट घटेर ३.९० प्रतिशतमा झरेको छ । 

 

 

247 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ