हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड १ करोड ६८ लाख ५९ हाजर ५० कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ । इच्छुक व्यक्ति, संस्था वा कम्पनीले २९ साउन देखि भदौ ६ सम्म आबेदन दिन सक्नेछन।
प्रति कित्ता न्युनतम एक सय रुपैयाँका दरले न्युनतम एक सय कित्ताको लागि आबेदन दिनुपर्नेछ। अधिकतम आबेदन दिन पाइने कित्ताको लागि कुनै सिमा तोकिएको छैन।
ग्लोबल आइएमई क्यापिटललाई शेयर निष्काशन तथा बिक्रि प्रबन्धक तोकिएको छ। इच्छुकले ग्लोबल आइएमई क्यापिटलको कार्यालय, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यलय बाट आबेदन फारम प्राप्त गरि बुझाउन सक्नेछन।
हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्टको शेयरको दोस्रो बजारमा पछिल्लो पटक प्रतिकित्ता २६४ रुपैयाँ १० पैसाको दरले खरिद बिक्रि भएको छ। भने हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट संस्थापक शेयर प्रति कित्ता १२९ रुपैयाँ ४० पैसामा कारोबार भएको छ। अहिले बिक्रीमा ल्याइएको शेयर्र ज्क्ष्म्ऋीएै क्याटोगोरीमा कारोबारमा आउने कम्पनीले जनाएको छ।
साझा अर्थ संवाददाता