sajhaartha.com २८ पुष २०८१, आइतवार
२८ पुष २०८१, आइतवार
12th, January 2025, Sunday
ताजा खबर

बैङ्क तथा वित्तीय संस्थाले असार मसान्तमा लुम्बिनी प्रदेशबाट उठाए पाँच खर्ब ७२ अर्ब रुपियाँ निक्षेप

निक्षेपको सबैभन्दा धेरै हिस्सा रुपन्देही जिल्लामा

२६ पुष २०८१, शुक्रवार साझा अर्थ संवाददाता
44
Shares

काठमाडौं । चालु आर्थिक वर्षको असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशबाट पाँच खर्ब ७१ अर्ब ८५ करोड ५३ लाख रुपियाँ संकलन गरेका छन् ।
बैङ्क तथा वित्तीय संस्थाहरुको यो कुल निक्षेप २०८० असार मसान्तको तुलनामा १२.८० प्रतिशतले बृद्धि भएको छ ।
नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगरले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ मा आधारीत प्रादेशिक आर्थिक गतिविधि अध्ययन लुम्बिनी प्रदेश वार्षिक प्रतिवेदनका अनुसार कुल निक्षेपमध्ये चल्ती निक्षेप १४.३८ प्रतिशत र अन्य निक्षेप ०.३ प्रतिशतले -हास भएको छ भने बचत र मुद्दती निक्षेप भने क्रमशः २८.२८ प्रतिशत र ६.१८ प्रतिशतले बृद्धि भएको छ । त्यसैगरी, कुल निक्षेपमा चल्ति, बचत, मुद्दती र अन्य निक्षेपको अंश क्रमशः ५.६४ प्रतिशत, ४३.८५ प्रतिशत, ४५.३१ प्रतिशत र ५.२० प्रतिशत रहेको छ ।
जिल्लाहरुको कुल निक्षेपको अवस्था तुलना गर्दा सबैभन्दा धेरै हिस्सा रुपन्देही जिल्लामा ४३.१९ प्रतिशत रहेको छ भने सबैभन्दा कम रुकुम पूर्व जिल्लामा ०.३१ प्रतिशत रहेको छ । कुल कर्जा २०८१ असार मसान्तमा लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको कर्जा २०८० असार मसान्तको तुलनामा १.३७ प्रतिशतले बृद्धि भई पाँच खर्ब ६० अर्ब ९० करोड १० लाख पुगेको छ ।
अघिल्लो वर्षको असार मसान्तमा कुल कर्जा अघिल्लो वर्षको तुलनामा २.७१ प्रतिशतले बृद्धि भएको थियो । त्यसैगरी, २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको लुम्बिनी प्रदेशको कर्जा/निक्षेप अनुपात ९८.०८ प्रतिशत रहेको छ ।
कुल कर्जाको जिल्लागत अवस्था तुलना गर्दा सबैभन्दा धेरै हिस्सा रुपन्देही जिल्लाको ५०.०८ प्रतिशत रहेको छ भने सबैभन्दा कम रुकुमपूर्व जिल्लाको ०.२० प्रतिशत रहेको छ । त्यसैगरी, कर्जा/निक्षेप अनुपात सबैभन्दा धेरै बाँके जिल्लामा १४७.०६ प्रतिशत रहेको छ भने सबैभन्दा कम अर्घाखाँची जिल्लामा १६.७५ प्रतिशत रहेको छ । २०८१ असार मसान्तमा लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुका ऋणीहरुको सङ्ख्या २०८० असार मसान्तको तुलनामा सामान्य -हास भएको छ ।
गत असार मसान्तसम्ममा लुम्बिनी प्रदेशमा क वर्गका ७४१, ख वर्गका २५७, ग वर्गका ४७ र घ वर्गका ११३० गरी जम्मा २१७५ वटा बैंक तथा वित्तीय संस्थाहरुका शाखाहरु र १९९ वटा शाखा रहित बैंकिङ्ग सेवाबाट वित्तीय सेवा उपलब्ध गराएका छन् । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुमा ४० लाख १५ हजार ६०१ मोबाइल बैंकिङ्ग सेवा र दुई लाख ८३ हजार ९९२ इन्टरनेट बैंकिङ्ग सेवा दर्ता भएका छन् ।
विपन्न कर्जा ५.१८ प्रतिशतले बढी
चालु आर्थिक वर्षको असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशमा प्रवाह गरेको विपन्न वर्ग कर्जा २०८० असार मसान्तको तुलनामा ५.१८ प्रतिशतले बृद्धि भई ४४ अर्ब २३ करोड दुई लाख पुगेको छ । २०८० असार मसान्तमा यस्तो कर्जा अघिल्लो वर्षको तुलनामा ०.९० प्रतिशतले ¥हास भएको थियो ।
गत असार मसान्तमा लुम्बिनी प्रदेशको कुल कर्जामा विपन्न वर्ग कर्जाको हिस्सा ७.८९ प्रतिशत रहेको छ । यस्तै गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले लुम्बिनी प्रदेशमा प्रवाह गरेको पुनरकर्जा २०८० असार मसान्तको तुलनामा ६९.७१ प्रतिशतले -हास भई १४ करोड ९७ लाख रहेको छ ।
गत असार मसान्तमा लुम्बिनी प्रदेशको कुल कर्जामा पुनरकर्जाको हिस्सा ०.०३ प्रतिशत रहेको छ । गत असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशमा प्रवाह गरेको सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तको तुलनामा ३६.२९ प्रतिशतले ¥हास भई १९ अर्ब एक करोड २८ लाख पुगेको छ । २०८० असार मसान्तमा यस्तो कर्जा अघिल्लो वर्षको तुलनामा १०.५४ प्रतिशतले -हास भएको थियो । २०८१ असार मसान्तमा यस प्रदेशको कुल कर्जामा सहुलियतपूर्ण कर्जाको हिस्सा ३.३९ प्रतिशत रहेको छ ।

साझा अर्थ संवाददाता
२६ पुष २०८१, शुक्रवार

44

Shares

सम्बन्धित समाचार