पात्रो

रेडियो

समाचार खोजी

तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्न डाक्टर भट्टराईकाे आग्रह

साझा अर्थ संवाददाता २७ पुष २०८१, शनिवार

ललितपुरः  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का  संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले तीव्र आर्थिक विकासलाई मुख्य मुद्दा बनाएर काम गर्न आग्रह गर्नु भएको छ । पार्टीको जिल्ला समन्वय समिति ललितपुरद्वारा आज  आयोजित प्रथम महालक्ष्मी नगरभेलामा उहाँले उक्त आग्रह गर्नु भएको हो ।
भेलालाई सम्बोधन गर्दै भट्राइले गरिब र अभावबाट उकास्नु नै अबको आवश्यकता भएकाे बताउनु भयो ।  । विद्रोहको चरण पार गरेर संविधान र कानुन लेखिएतापन रोजगारी सिर्जना, कृषिको आधुनिकिकरण, घरेलु उद्योगमार्फत उत्पादन वृद्धि गरि देशलाई आत्मनिर्भर बनाउनु आजको आवश्यकता रहेको उहाँको भनाई थियो ।देशभित्रै सूचना प्रविधि र सेवा क्षेत्रलाई प्रोत्साहन गर्दै प्रविधि र सेवाको निर्यात गरी आर्थिक विकास तथा रोजगारी सिर्जना गर्नु पर्नेमा उहाँले जोड दिनुभयो । 
कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्य दलबहादुर लिम्बू, पार्टीका ललितपुर जिल्ला समन्वय समिति संयोजक कृष्ण महर्जन, महालक्ष्मी नगर संयोजक सुजन राजथलालगायतले मन्तब्य राख्नु भएको थियो ।

278 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ