पात्रो

रेडियो

समाचार खोजी

डेंगीका बिरामीको निःशुल्क उपचार हुने

साझा अर्थ संवाददाता २४ साउन २०८१, बिहिवार

काठमाडौंः डेंगीका विरामीहरुको निःशुल्क उपचार हुने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगीका बिरामीहरुलाई निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएसँगै उपचार निशुल्क हुने भएको हो ।
मंगलबार डेंगी संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापन सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा बसेको बैठकले मन्त्रालय अन्तर्गतका विभाग, संघीय अस्पताल, महाशाखा, केन्द्र, स्वास्थ्य प्रतिष्ठान तथा मेडिकल कलेजका प्रमुखहरुसँग भएको छलफलमा यस्तो निणर्य गरिएको मन्त्रालयले जानकारी दिएको छ । 
अघिल्लो वर्ष भन्दा यो वर्ष डेंगी संक्रमण कम भएपनि जोखिम कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाउन मन्त्रायले सर्वसाधारहहरुसँग आग्रह पनि गरेको छ । हालसम्म देशका ७३ जिल्लाका २ हजार ३६५ जनामा डेंगी संक्रमित पुष्टी मन्त्रालयले पुष्टी गरेको छ । तनहुँमा एक जनाको डेंगीका कारण मृत्यु भइसकेको छ ।

226 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्