sajhaartha.com ८ पुष २०८१, सोमवार
८ पुष २०८१, सोमवार
23rd, December 2024, Monday
ताजा खबर

साइबर प्रविधिमा आधारित ठगीमा उपहारको लोभ देखाएर बढी

३ मंसिर २०८१, सोमवार साझा अर्थ संवाददाता
57
Shares



 साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा गिफ्ट, पार्सलको माध्यम, सामाजिक सञ्जाल, नक्कली अनलाइन व्यवसाय, ओटिपी फ्रड, लट्रीलगायतका तरिकाको प्रयोग भएको पाइएको छ । यस्ता ठगीमा संलग्न व्यक्तिहरूले इमो च्याट र फेसबुकको बढी प्रयोग गर्दै आइरहेका छन् । पछिल्ला दिनमा फेसबुक म्यासेन्जर, ह्वाट्सएप, टिकटक, इन्स्टाग्राम र अन्य नयाँ सामाजिक सञ्जालको पनि प्रयोग बढिरहेको अध्ययनले देखाएको छ । यसरी ठगी भएको रकम एटिम कार्ड वा वालेटमार्फत खातामा पठाएर कारोबार हुने गरेको पाइएको हो । वित्तीय सूचना इकाइ ९एफआइयू०ले सार्वजनिक गरेको इन्टरनेट तथा विद्युतीय माध्यमबाट हुने ९साइबर इलेबल्ड फ्रड्स० सम्बन्धित रणनीतिक विश्लेषण प्रतिवेदनले यस्तो देखाएको हो । यो प्रतिवेदनले यस्ता अपराधका गतिविधिमा १९ देखि ३० वर्ष उमेरका युवा व्यक्तिहरू नै सन्दिग्ध पाइएको उल्लेख गरेको हो ।

अध्ययनले २१ प्रतिशत ठगी उपहार तथा पार्सलमार्फत हुने गरेको देखाएको छ । त्यस्तै, सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनाहरू १५ प्रतिशत छन् । सित्तैमा आइफोन तथा एप्पलका उत्पादन दिने लोभ देखाएर हुने ठगीका घटना पनि १५ प्रतिशत देखिएको छ । अनलाइन व्यवसायको प्लेटफर्मबाट १३ प्रतिशत, वन टाइम पासवर्ड ९ओटिपी०मार्फत ९ प्रतिशत, बैंक तथा वालेटमा अनधिकृत पहुँच राखेर हुने ठगी ७ प्रतिशतत र लट्रीमार्फत ७ प्रतिशत ठगी हुने गरेको उल्लेख छ । त्यस्तै, अन्य माध्यमबाट १३ प्रतिशत घटना भएको प्रतिवेदनले जनाएको छ ।

 

साझा अर्थ संवाददाता
३ मंसिर २०८१, सोमवार

57

Shares

सम्बन्धित समाचार