पात्रो

रेडियो

समाचार खोजी

उपत्यकामा ट्राफिक नियम मिच्ने १५ सय बढी सवारीसाधन कारबाहीमा

साझा अर्थ संवाददाता १६ असार २०८३, मङ्गलवार

काठमाडौँ, १६ असार: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडक अनुशासन कायम गराउने अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा नियम उल्लंघन गर्ने १ हजार ५ सय ९२ वटा सवारीसाधनलाई कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा गरिएको तीव्र चेकिङका क्रममा ट्राफिक नियम मिच्ने चालकहरूबाट प्रहरीले २३ लाख २२ हजार रुपैयाँ राजस्व समेत संकलन गरेको छ।

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ७३ जना, अनुमतिबिना यात्रु बोक्ने ९८ जना राइड-सेयरिङ चालक र रातो बत्ती मिच्ने ७४ जना छन्। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ७८ जना, लेन अनुशासन पालना नगर्ने ४७ जना, कालो सिसा राख्ने ८७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ५६ जना र एकतर्फी (वान-वे) सडकमा सवारी गुडाउने ३२ जना चालक कारबाहीमा परेका छन्।

यसबाहेक अन्य विविध ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ५८ सवारीसाधन पनि कारबाहीको दायरामा आएका छन्। उपत्यकाको सडक सुरक्षालाई व्यवस्थित बनाउन र दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले पछिल्लो समय निगरानी तथा आकस्मिक चेकिङ प्रणालीलाई थप कडा बनाएको जानकारी दिइएको छ।

23 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्