पात्रो

रेडियो

समाचार खोजी

रास्वपाको बन्द सत्र सुरु हुँदै

साझा अर्थ संवाददाता ८ असार २०८३, सोमवार

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत आज बन्द सत्र सुरु हुँदै छ । चितवनको उद्योग सङ्घ प्रदर्शनी केन्द्रमा आयोजना हुने बन्दसत्रका लागि सबै तयारी पूरा भएको छ। प्रदर्शनी केन्द्रका तीन ठूला हलमध्ये दुईमा बन्दसत्र र एउटामा खाना तथा खाजाको व्यवस्था मिलाइएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगका रमाकान्त रिमालले प्रतिवेदन पेस गर्ने छन्। सो प्रतिवेदनमाथि छलफलपछि बिहान ९ बजे कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछिन्। बिहान १० बजे महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन पेस गर्नेछन् भने १०ः४५ बजे सहमहामन्त्रीले विधानमाथि छलफल गराई अनुमोदन गराउनेछन्। सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्ने र अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्ने कार्यसूची रहेको छ।

दिउँसोको खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका सार्वजनिक गर्नेछ। आयोगका प्रमुख भुवन केसीले दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने, २ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता गरिने र साँझ ६ बजे नामावली प्रकाशन गरिने बताए। यस्तै ६ देखि ७ बजेसम्म दावीविरोध, ७ देखि ९ बजेसम्म छानबिन र ९ः१५ बजेसम्म नाम फिर्ता लिने समय तोकिएको छ। अन्तिम नामावली राति ११ बजे प्रकाशन हुनेछ।

भोलि मङ्गलबार बिहान ८ः३० देखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान हुनेछ। जसमा सभापतिसहित ९९ केन्द्रीय सदस्य चयनका लागि मतदान हुनेछ। मतगणना र परिणाम घोषणा दुई घण्टापछि हुने तथा दोस्रो चरणको मतदान सुरु गरिने आयोगले जनाएको छ। महाधिवेशनको उद्घाटन आइतबार भव्य रुपमा सम्पन्न भइसकेको छ। बन्दसत्रमा ४ हजार २११ प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकको सहभागिता रहने जनाइएको छ ।
आइतवार पार्टी सभापति रविलामीछाने र प्रधानमन्त्री बालेन्द्र शाहले महाधिेशनको उद्घाटन गर्नु भएको थियो ।

44 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु