पात्रो

रेडियो

समाचार खोजी

विद्युत् नियमन आयोगको नेतृत्वका लागि १५ जनाको 'सर्टलिस्ट' सार्वजनिक

साझा अर्थ संवाददाता ७ असार २०८३, आइतवार

काठमाडौँ, ७ असार : ऊर्जा क्षेत्रको नियामक निकाय विद्युत् नियमन आयोगको रिक्त अध्यक्ष तथा सदस्य पदका लागि १५ जनाको नाम छनोट सूची (सर्टलिस्ट) मा परेको छ। पदाधिकारी नियुक्ति सिफारिस समितिले कार्ययोजना मूल्याङ्कनका आधारमा अध्यक्षका लागि ६ जना र सदस्यका लागि ९ जना विज्ञहरूको संक्षिप्त सूची तयार पारेको हो। प्रस्तुतीकरण गरिएको व्यावसायिक कार्ययोजनामा ५० प्रतिशत वा सोभन्दा बढी अङ्क ल्याउने उम्मेदवारहरू मात्र यो प्रक्रियामा अगाडि बढेका हुन्।

सिफारिस समितिका अनुसार अध्यक्ष पदको दौडमा केशवध्वज अधिकारी, डा. रामप्रसाद धिताल, मधुप्रसाद भेटुवाल, मोतीबहादुर कुँवर, डा. मधुसुधन अधिकारी र डा. भोलानाथ शर्मा घिमिरे रहेका छन्। यसैगरी सदस्य पदका लागि निरज्वल बस्नेत, रुद्रप्रसाद सिटौला, जयराज भण्डारी, लोकराज पाठक, बलराम सिलवाल, विज्ञानप्रसाद श्रेष्ठ, अर्जुनकुमार गौतम, नरेन्द्रसिंह भण्डारी र नारायणप्रसाद सापकोटाको नाम छानिएको छ। आयोगको प्रशासनिक तथा कानुनी संरचना अनुसार एक अध्यक्ष र चार सदस्य गरी कुल पाँच सदस्यीय पदाधिकारी टोली चयन गर्न यो छनोट प्रक्रिया अघि बढाइएको हो।

39 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु