पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आजदेखि सुरु हुँदै

साझा अर्थ संवाददाता ७ असार २०८३, आइतवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा आजदेखि सुरु हुँदै छ । शनिबार पत्रकार सम्मेलन गरी प्रवक्ता मनिष झाले सबै तयारी पूरा भएको जानकारी दिए। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने कार्यक्रम छ।

प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश र विदेश सम्पर्क समितिबाट प्रतिनिधि छनोट सकिएको छ। महाधिवेशनका लागि १८ उपसमिति बनाएर व्यवस्थापनको काम बाँडफाँट गरिएको थियो। राजनीतिक, आर्थिक र साङ्गठनिक विधानका प्रतिवेदन तयार भइसकेका छन्। शनिबार चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेस गर्ने विधान संशोधन गरेको छ।

केन्द्रीय बैठकले पार्टीको संरचना संशोधन गर्दै १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ। हाल १२१ केन्द्रीय सदस्य रहेको पार्टीमा अब एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (एक महिला), दुई महामन्त्री, पाँच सहमहामन्त्री (एक महिला), एक प्रवक्ता, तीन सहप्रवक्ता (एक महिला), एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष (एक महिला) रहनेछन्। यसअघि पदाधिकारीमा महिला अनिवार्य नभएकोमा संशोधनपछि उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एक/एक महिला अनिवार्य हुने भएको छ। १५१ सदस्यमध्ये ५१ जना सभापतिले मनोनयन गर्नेछन् भने ९९ जना खुला प्रतिस्पर्धाबाट चयन हुनेछन्। प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था गरिएको छ।

महाधिवेशनमा ३,९१८ प्रतिनिधि सहभागी हुनेछन्। त्यसमा ३०० प्रतिनिधि दुई महामन्त्रीले मनोनयन गर्नेछन्। पार्टीले सदस्य सङ्ख्या पाँच लाख पुर्याएको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिका र ४,६३ वडामा अधिवेशन सम्पन्न भएका छन्। छ प्रदेश र ६४ जिल्लाको अधिवेशन सकिएको छ भने मधेस प्रदेश र १३ जिल्लाको तदर्थ समितिबाट प्रतिनिधि आएका छन्। महाधिवेशनले पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव, टोलस्तरसम्म सङ्गठन विस्तार र भावी रणनीति तय गर्ने प्रवक्ता झाले बताए। पार्टीमा भ्रातृ सङ्गठन नरहने उनको भनाइ छ।

46 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु