काठमाडौं, ६ असार : गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृहमन्त्रालयको कार्यसम्पादनलाई थप प्रभावकारी,पारदर्शी, तथा चुस्त बनाउनको लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्र्तगत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो ।
गृहमन्त्रालयका अनुसार गुनासो,उजुरी तथा सुझावहरु टोल फ्रि नम्बर १११२,इमेलमा [email protected] र ह्वाट्एप्प नम्बर ९८५१३६०६०३ मा गर्न सकिने जनाएको छ ।