पात्रो

रेडियो

समाचार खोजी

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा

साझा अर्थ संवाददाता २ असार २०८३, मङ्गलवार
समाचार सारांश
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।
  • पासपोर्ट खरिद तथा छपाइ प्रक्रियासम्बन्धी अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो।
  • हाल उनीमाथि अनुसन्धान भइरहेको छ र आरोप पुष्टि भइसकेको छैन।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

पासपोर्ट खरिद तथा छपाइ प्रक्रियासम्बन्धी अनुसन्धानका क्रममा उनलाई सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, बालुवाटारबाट नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।

राहदानी छपाइको टेन्डर प्रक्रिया, सेवा प्रवाहमा देखिएको ढिलाइ र प्रक्रियागत विषयमा अख्तियारले अनुसन्धान अघि बढाइरहेको बताइएको छ।

यसै प्रकरणमा अन्य सम्बन्धित पक्षहरूमाथि पनि सोधपुछ भइरहेको स्रोतको भनाइ छ। यद्यपि, अख्तियारले यसबारे विस्तृत आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन।

अर्याललाई नियन्त्रणमा लिइएको भए पनि आरोप पुष्टि भइसकेको अवस्था भने होइन। अनुसन्धानपछि मात्र थप कानुनी प्रक्रिया अघि बढ्नेछ।

65 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु