पात्रो

रेडियो

समाचार खोजी

तीन सय वर्षे मत्स्यनारायण मन्दिरको एकमहिने मेला सम्पन्न

साझा अर्थ संवाददाता २ असार २०८३, मङ्गलवार

भक्तपुर, २ असार – तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको एकमहिने मेला सम्पन्न भएको छ। चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित उक्त मेला सोमबार समापन भएको हो।

पुरुषोत्तम मेलाका अवसरमा सत्संग, प्रवचन, भजनकीर्तन तथा नारायण पूजाको आयोजना गरिएको थियो। दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था मिलाइएको मेला संयोजक गोकर्ण पुरीले बताउनुभयो। भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न स्थानबाट हजारौँ भक्तजनले मन्दिरको दर्शन गरेका थिए।

दुई पीपलको बीचमा रहेको यो मन्दिर भत्किएपछि पुनर्निर्माण गरिएको हो। शिलालेख पुरिएकाले उत्खनन् गरी अध्ययन गर्नुपर्ने आवश्यकता पुरीले औंल्याउनुभयो। साना तीन खोलाको सङ्गमस्थलमा रहेको यस मन्दिरलाई ‘त्रिवेणी धाम’ समेत भनिन्छ। यहाँ ६४ शिवलिङ, सप्तऋषि, कृष्ण वर्तेश्वर महादेव र गणेश मन्दिर तथा कुण्ड रहेको छ।

मलमासमा ५० हजारभन्दा बढी दर्शनार्थी आउने गरेका छन्। कुण्डमा स्नान गरेपछि छालासहित विभिन्न रोग नाश हुने जनविश्वास छ। मन्दिर परिसरमा २५ हजार ७७७ किलोग्रामको गीताचार्य श्रीकृष्णको विराट मूर्ति स्थापना गरिएपछि धार्मिक महत्व अझ बढेको वडाध्यक्ष जयेन्द्र खड्काले बताउनुभयो।

यसैगरी, भक्तपुर नगरपालिका–६ स्थित ख्यो पुखुमा पनि एकमहिने मत्स्यनारायण मेला सोमबारदेखि सम्पन्न भएको छ। त्यहाँ पनि नारायण पूजा, पुरुषोत्तम महात्म्य वाचन र कुण्डमा स्नान गर्ने परम्परा रहेको छ। रोगव्याधि तथा पापकर्म नष्ट हुने जनविश्वासका कारण स्थानीय बासिन्दाले यहाँ दर्शन र स्नान गरेको मेला समितिले जनाएको छ।

45 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु