पात्रो

रेडियो

समाचार खोजी

नेपाल–चीन सम्बन्धः पारस्परिक संवेदनशीलता र सहकार्यको प्रतिबद्धता

साझा अर्थ संवाददाता २ असार २०८३, मङ्गलवार

काठमाडौँ, २ असार: नेपाल र चीनबीच एकअर्काको संवेदनशीलता र प्राथमिकताप्रति सम्मान जनाउँदै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ । चारदिने औपचारिक भ्रमणमा बेइजिङ रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता मा सो प्रतिवद्धता ब्यक्त गरिएको हो । 
वार्तापछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार पूर्वाधार, ऊर्जा, व्यापार, सीमा व्यवस्थापन, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि, डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल र पेट्रोलियम अन्वेषणलगायत क्षेत्रमा सहकार्य अघि बढाइने भएको छ।
नेपाली पक्षले ‘एक चीन’ सिद्धान्तप्रति दृढ प्रतिबद्धता पुनःव्यक्त गर्दै नेपालको भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट पारेको छ । चिनियाँ पक्षले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै सुशासन र आर्थिक वृद्धिका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतालाई पूर्ण समर्थन गर्ने आश्वासन दिएको छ।
दुवै पक्षले विगतमा सहमति भएका परियोजनाको शीघ्र कार्यान्वयन र बहुपक्षीय मञ्चमा थप सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । वार्तापछि मन्त्री खनालले चिनियाँ विदेशमन्त्रीको सम्मानमा आयोजित रात्रिभोजमा सहभागिता जनाउनुभयो । यसअघि उहाँले चीनको कम्युनिष्ट पार्टीको अन्तरराष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङ र ‘इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्च’को भ्रमण गर्नुभएको थियो। मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

74 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु